७ असार २०८३, आईतवार
,
Latest
अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग भयोः उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ ।

शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गर्नुभयो । उहाँले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ । देशले धेरै ठूलो सफर गरिरहेको छ । म यहाँहरुलाई बताउन चाहन्छु । जबसम्म राजनीति संग्लो हुँदैन । तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन । अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ ।’

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल