७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो



अ+ अ-

काठमाडौँ । कुटाकुट भएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा
अध्यक्ष मण्डलको अध्यक्षता कसले गर्ने भन्ने विवाद बढ्दै जाँदा अधिवेशन स्थलको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एक जना एमाले कार्यकर्ताको हात भाँच्चिएको छ।

आइतबार बिहान विज्ञप्ति जारी गर्दै बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको जनाएका छन् । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’।

अध्यक्ष ढुंगेलले बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निर्क्योल गर्ने विषयमा समेत अन्योल कायमको अवस्था देखिएको बताए । उनले अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाए । ‘पटक पटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ’, अध्यक्ष ढुंगेलले भनेका छन् ।

पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिका सवालमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले एकलौटी गर्न खोजेपछि विवाद सुरु भएको अध्यक्ष  ढुंगेलले बताए ।

यता, अध्यक्ष त्रिपाठीले भने प्रदेश अध्यक्ष ढुङ्गेलले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको दाबी गरेका छन् । उनले अधिवेशन स्थगित नभएको र बन्द सत्रबो कार्यक्रम निरन्तर चलिरहेको जनाएका छन् ।