२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोपमा पूर्वसई पक्राउ



अ+ अ-

काठमाडौं । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वसई अनिरुद्र यादव रहेका छन् ।

पुस १७ गते कोठामा आएर जबरजस्तीकरणी गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

आमा घरमा नभएका बेला बेलुकी ८ बजेतिर कोठामा आएको र आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर करणी गरेको पीडितले जाहोरीमा भनेकी छन् ।

घटना भएको दोस्रो दिन पनि बन्दुक देखाएर पुन: करणी गरेको पीडितले बताएकी छिन् । पूर्व सई यादवले भने इन्कारी बयान दिएका प्रहरीले जनाएको छ ।

यसबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।