७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन अन्तिममा गर्ने तयारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन अन्तिमतिर गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै फागुन २९ मा अध्यक्षको निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको छ ।

राष्ट्रिय सभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसद बिदा हुँदैछन् ।

गत माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । जसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।

राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।