२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हो टाङ्गिवाइ शिल्ड ? जसले दुःखद रेल दुर्घटनाको स्मरण गराउँछ



अ+ अ-

एजेन्सी । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको दुई टेष्टको शृंखला ४ फेब्रुअरीबाट सुरु हुँदैछ । यो टेस्ट शृंखला टाङ्गिवाइ शिल्डका लागि आयोजना गरिएको हो । यो ट्रफी १९५३ को दुखद रेल दुर्घटना को स्मरण गर्दछ ।

क्रिसमसको पूर्वसन्ध्यामा वेलिंग्टनबाट अकल्याण्ड जाँदै गरेको रेलमा १५१ जनाको ज्यान गएको थियो । जसमा न्युजिल्यान्डका फास्ट बलर बब ब्लेयरकी मंगेतर नेरिसा लभ पनि पर्छन् ।

रेल दुर्घटना २४ डिसेम्बरमा जोहानेसबर्गको एलिस पार्कमा भएको न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट हुँदै गर्दा भयो । जसमा ब्लेयर पनि हिस्सा थिए । पहिलो दिन न्युजिल्यान्डको तेज आक्रमणले दक्षिण अफ्रिकालाई ८ विकेटमा २५९ रनमा सीमित गरेको थियो । न्यूजील्याण्ड टोलीले आफ्नो टिम होटलमा क्रिसमस बिताए, तर बक्सिङ डेमा रेल दुर्घटनाको खबरले स्तब्ध बनायो ।

ब्लेयर शोक व्यक्त गर्न होटलमै रहे । उनले खेल नखेल्ने घोषणा गरेपछि मैदानमा झण्डा आधा झुकाइयो । तर, न्यूजिल्याण्डको पहिलो इनिङ्समा १५४ रनमा नवौं विकेट खसेपछि ब्लेयर खेल खेल्न मैदानमा आएका थिए ।

एलिस पार्कका खेलाडी र फ्यानहरू स्तब्ध भए । ब्लेयरले सटक्लिफसँग ३३ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई १८७ रनमा पुर्याए, जुन न्युजिल्यान्डका लागि निर्णायक साबित भयो ।

न्युजिल्यान्ड र दक्षिण अफ्रिका क्रिकेट बोर्डले प्रत्येक टेस्ट सिरिज टाङ्गिवाइ शिल्डको नाममा खेल्ने निर्णय गरेका छन् । एक हिसाबले यो रेल दुर्घटनामा ज्यान गुमाएका १५१ जनालाई श्रद्धाञ्जली हुनेछ । यो शिल्ड कार्भर डेभिड नगावती (नगाती हाइन)द्वारा निर्माण गरिएको छ । यो न्युजिल्याण्डमा पाइने पुरीरी काठबाट बनेको हो । त्यसको बिचमा टाङ्गिवाई क्षेत्रबाट पाइने विशेष प्रकारको ढुङ्गा पोनामु टाँसिएको छ ।

 




भर्खरै