२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले न्युजिल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि न्युजिल्याण्ड पठाईदिन्छु भन्दै रकम लिई फरार रहेका ४६ बर्षका चन्द्र बहादुर बुढाथोकी समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पिडीत खड्ग राज गिरी समेत दुईजनाबाट फुड प्याकिङ काम लगाइदिन्छु भन्दै पटक पटक गरी एघार लाख पचास हजार रुपैयाँ लिएका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।