२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारिता पुरस्कार लेखबहादुर बिकलाई



अ+ अ-

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले यस वर्षको विशेष पत्रकारिता पुरस्कार पत्रकार लेखबहादुर बिकलाई प्रदान गरेको छ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार मन्थलीमा आयोजित कार्यक्रममा बिकलाई सो पुरस्कार प्रदान गरिएको हो ।

प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष तथा वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले बिकलाई नगद पुरस्कार सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले नेपालका राजनीतिक दल र पत्रकारलार्ई व्यवस्था विरोधीले बदनाम गराउने प्रयास गरेकाले सचेततापूर्वक अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले तथ्यलाई बार्गेनिङको औजार होइन समाचारको आधार बनाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

श्रेष्ठले पत्रकारले समाज र समाचारलाई हेर्ने दृष्टिकोण बदल्न पनि जरुरी रहेको बताउनुभयो । पत्रकारिताको विषय राजनीति भाषण मात्र होइन पर्यावरण, शिक्षा, स्वास्थ्य कृषि, बालबालिका, युवा, ज्येष्ठ नागरिक र समाजका विविध क्षेत्र बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज नवराज पथिक, नेकपा एमाले रामेछापको प्रेस चौतारी नेपालका इञ्चार्ज युनिकविफा घिसिङ, मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, अनेरास्वविय रामेछापका अध्यक्ष पुष्कर भट्टराई, प्रेस युनियन रामेछापका सचिव सागर बोहरा, प्रेस सेन्टर रामेछापका अध्यक्ष निरोज श्रेष्ठ, समाजवादी प्रेस संगठन रामेछापका अध्यक्ष कैलाश खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरिया, उपसचिव प्रकाशकुमार कार्की, मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, पत्रकारहरू , प्रेस चौतारी नेपालका सदस्यहरू, विद्यार्थी नेताहरू लगायतको सहभागिता रहेको थियो ।