२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इण्डियन आइडल टप १० बाट बाहिरिएपछि मेनुकाले भनिन्ः नसोचेको सफलता हात पारेँ



अ+ अ-

काठमाडौँ । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताउनुभएको छ ।

आईतवारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृहजिल्ला झापा आइपुग्नुभएकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताउनु भयो । भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उहाँले बताउनु भयो । उहाँले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताउनु भयो । उहाँले यस्तो सफलता आफूले बिरलै पाउने बताउनु भयो । बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको बताउनु भयो ।

गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उहाँले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गर्नु भएको थियो ।