२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धरहरा बनाएकामा गाली गर्नुहुन्छ भने गर्नुस्, तर पार्किङको विषयमा झगडा गरेर शक्ति खर्च नगर्नुस्’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले धरहराको पार्किङको विषयलाई लिएर विवाद नगर्न आग्रह गरेका छन् ।

सचेतक बर्तौलाले भूकम्पले बनाएको भग्नावशेषमा धरहरा साढे दुई वर्ष अघि नै उभिएको भन्दै धरहरा बनाए बापत गाली गरेपनि पार्किङको विषयमा झगडा गरेर शक्ति खर्च नगर्न चेतावनी समेत दिएका छन् ।

यस्तै उनले पार्किङको लागि दुई वर्षमा केही काम गर्न नसकेको कमजोरी स्वीकार गरेर आफैंले गर्नुपर्ने काम गर्न सुझाउँदै झगडा र जस पाउने होडबाजीले काम हुन नसक्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – भूकम्पले बनाएको भग्नावशेषमा धरहरा साढे दुई वर्ष अघि नै उभिएको छ। धरहरा बनाए बापत गाली गर्नुहुन्छ भने गर्नुस्, तर पार्किङ गर्ने विषयमा झगडा गरेर शक्ति खर्च नगर्नुस्। बरु पार्किङको लागि दुई वर्षमा केही काम गर्न नसकेको कमजोरी स्वीकार गरेर आफैंले गर्नु पर्ने काम गर्नुस्। झगडा र जस पाउने होडबाजीले काम हुँदैन।

धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ हुँदै आएको छ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको हो ।

यसैबीच, शहरी विकास मन्त्रालयले महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेको छ ।

तर, काठमाडौँका मेयर बालेन शाहले धरहराको भूमिगत पार्किङ बन्द नहुने बताएका छन् । बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका छन् ।