७ असार २०८३, आईतवार
,
Latest
अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दाबी, सत्ता गठबन्धन भत्किने खतरा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी गरेको छ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीका बीचमा यसअघि नै काँग्रेसलाई अध्यक्ष दिने सहमति भएको भनिएको भए पनि अहिले आएर राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी तेर्साएको छ ।

माओवादीको हिजो सम्पन्न संसदीय दलको बैठकमा माओवादीका सांसदहरुले अबको वर्षदिनभित्रै प्रधानमन्त्रीबाट प्रचण्ड हट्नुपर्ने भएकाले त्यसपछि संवैधानिक परिषदमा माओवादीको शुन्य उपस्थिति हुन जाने कारण देखाएर राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी तेर्साएको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल रहेकाले त्यसमा स्वभाविकै रुपमा अध्यक्ष दाबी गर्ने बताएका थिए ।

यसअघि माओवादीका सांसदहरुले सो दाबी गर्दा पनि माओवादी अध्यक्ष प्रचण्डले आफूले कृष्ण सिटौलालाई वर्ड दिइ सकेकाले त्यसो गर्न नहुने बताउने गरेका थिए । तर हिजो प्रचण्ड स्वयंले नै अध्यक्षको दाबी गरेकाले नयाँ परिस्थिति बनेको माओवादीका एकजना नेताले बताए । उनले माओवादी पार्टी यसमा अडिग रहेको र आवश्यक परे अहिलेको सत्ता गठबन्धन भत्किए पनि यो एजेण्डाबाट पछि नहट्ने बताए ।

राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा काँग्रेसका सांसदहरुले भोट नहालेकाले माओवादीकी सांसदले हार व्यहोर्नुपरेको उनीहरुको दाबी छ । त्यसैले पनि उनीहरुले अबका दिनमा काँग्रेससँग सहकार्य गरेर अघि बढ्न नसकिने जिकीर उनीहरुले गर्दै आएका छन् । यो नयाँ परिस्थितिपछि वर्तमान सत्ता गठबन्धनमा दरार उत्पन्न हुन सक्ने देखिएको छ । यता शेखर कोइराला समूहले देउबामाथि राष्ट्रियसभामा आफ्नो दाबी छोड्न नहुने दबाब दिन थालेका छन् भने उता प्रधानमन्त्री स्वयंले नै यो प्रस्ताव अघि सारेका छन् ।

यसकारणले पनि सत्तारुढ दलको अहिलेको गठबन्धन भत्किन सक्ने देखिएको छ । यदि माओवादीले नै राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्यो र छोडेन भने कृष्ण सिटौलालाई सरकारका पठाउनुपर्ने हुन्छ । त्यसका लागि उनलाई उपप्रधानमन्त्री तथा कुनै दरिलो मन्त्रालय दिनुपर्ने हुन्छ । त्यसका लागि देउवा गुटका पूर्णबहादुर खड्का पछि हट्नुपर्ने पनि हुनसक्छ ।

यसका लागि खड्काहरु तयार नभएको पनि बुझिएको छ । राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २० गते हुने तय भएको छ । अबको राष्ट्रियसभाको उपस्थितिमा माओवादी सबैभन्दा ठूलो पार्टी हुनेछ । यही आधारमा पनि सो दलले अध्यक्ष नछोड्ने जनाएको हो ।