२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ किलो सुन प्रकरणः अमला रोकायाविरूद्ध डिफ्युजन नोटिस जारी



अ+ अ-

काठमाडौँ । ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकायाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रोकायाविरूद्ध डिफ्युजन नोटिस जारी भएको हो ।

सीआइबी स्रोतका अनुसार नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकायाविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको छ ।

रोकाया सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पार गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।