२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिस्यु पेपरबाट सुरु भएको थियो ईशा–भरतको प्रेमकथा, अहिले अलग भयो यो जोडी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री ईशा देवल र भरत तख्तानीले संयुक्त वक्तव्य जारी गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । दम्पतीले आपसी सहमतिमा सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन् ।

तर के तपाईलाई थाहा छ ईशा र भरतको प्रेम कहानी उनीहरुको स्कुल पढ्दा देखि सुरु भएको थियो । दुबै स्कुल पढ्दादेखि नै एकअर्कालाई डेट गरिरहेका थिए । ईशा र भरतको प्रेमकथा टिस्यु पेपरबाट सुरु भएको थियो ।

आफ्नो पुरानो अन्तर्वार्तामा ईशा देओलले आफ्नो प्रेमकथा सुनाएकी थिइन् । किशोरावस्थादेखि नै प्रेम बसेको उनले बताइन् ।

इशाले आफू जमनाबाई नर्सी स्कुलमा र भरत त्यतिबेला बान्द्रा केलरनर एकेडेमीमा पढ्दै आएको बताइन् । बान्द्रामा यो एक मात्र विद्यालय हो जहाँ राम्रा केटाहरू पढ्थे । इशाले अन्तरविद्यालय प्रतियोगिताका क्रममा भरतसँग भेट भएको बताइन् ।

प्रतियोगिता जमनाबाई नर्सी स्कुलमा आयोजना गरिएको थियो । यसै क्रममा दुवैको भेट भयो । ईशाले सायद उनी आफ्नो जीवनसाथी बन्न लागेको कुरा बुझेकी थिइन् ।

ईशाले टिस्यु पेपरमा आफ्नो फोन नम्बर लेखेर भरतलाई दिएको बताइन् । उनले भनिन् – त्यसबेला मेरो दाँतमा ब्रेसेस थियो । भरतले मलाई ब्रेसेस लगाएको हेर्न मन परायो । मैले उनलाई प्यारो पाएँ, त्यसैले मलाई लाग्छ कि उनले मलाई धेरै माया गर्छन् ।’

दिल्ली टाइम्सको रिपोर्ट अनुसार उनीहरुले संयुक्त वक्तव्य जारी गरेका छन् । विज्ञप्तिमा लेखिएको छ– ‘हामी दुवैले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका हौँ । यद्यपि हामी अब सँगै छैनौं, हाम्रा दुई बच्चाहरूको भविष्य हाम्रो लागि सधैं महत्त्वपूर्ण छ र हुनेछ । हामी आशा गर्दछौं कि तपाईंहरूले हाम्रो गोपनीयताको सम्मान गर्नुहुन्छ ।’

ईशा देओल र भरत तख्तानीले २९ जुन २०१२ मा मुम्बईमा विवाह गरेका थिए । दुवैले मुम्बईको जुहुस्थित इस्कन मन्दिरमा विवाह गरेका हुन् । विवाहको पाँच वर्षपछि २०१७ मा ईशाले छोरी राध्यालाई जन्म दिइन् । सन् २०१९ मा ईशाले दोस्रो छोरी मिरायालाई जन्म दिइन् ।