२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित



हात्तीले भत्काएको घर
अ+ अ-

बनियानी । झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।

चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहत माग गरिएकामा एक जना मृतकको रु १० लाख, तीन जना घाइतेका लागि रु पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि रु १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु २१ लाख १५ हजार नौ सय रहेको छ ।

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मृतक चार जनाको रु ४० लाख, घाइते तीन जनाका लागि रु दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि रु पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न रु दुई लाख ५२ हजार सात सय र बालीनाली रु १३ लाख ८७ हजार नौ सय गरी रु ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उहाँको भनाइ थियो । रासस