२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार गत सोमबार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुरलाई नियन्त्रणमा लिएर रु सात लाख फिरौती लिन आएका दुई जना पक्राउ परेका र सो घटनामा संलग्न अन्य फरार भएकाले उनीहरुको खोजी भइरहेको छ ।

“सूर्यबहादुरलाई अपहरण गरेर जिल्लाको पञ्चकन्या गाउँपालिका–५ मा पुर्‍याएर आफन्तसँग फिरौती माग्ने क्रममा रु सात लाख दिन सहमति भएपछि पीडित परिवारबाट त्यसको सूचना प्राप्त गरेका हौँ ।” उहाँ ले भन्नुभयो, “फिरौती बुझ्न आउने क्रममा ककनीका राजकुमार र शिवपुरीका चन्द्रबहादुरलाई नियन्त्रणमा लिएका छौँ ।”

उनीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।

घटनामा संलग्न हुनेहरूको सङ्ख्या धेरै भएकाले अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।