२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता लागू गर्न काँग्रेसले काम गर्नुपर्ने आवश्यकता छ: नेता सिंह



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न काँग्रेस लाग्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताउनु भयो । उहाँले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा हामीले डेलिभर गरेर देखाउने कुरा हो । अब अहिले संविधान त जारी भयो, संविधान जारी भएको संविधानलाई तीन तहको राज्य शक्तिको बाँडफाँट, संविधानमा भएको अधिकारहरु हुन्, कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा ढिलासुस्ती भएको हुनाले हरेक गाउँगाउँ/वडावडामा सिंहदरबार पुर्‍याउँछु भनेर नारा दिएका थियौँ, त्यसलाई कार्यान्वयन गर्नको लागि अब काँग्रेस लाग्नुपर्छ । हामीले संघीयता लागू गर्न काम गर्नुपर्छ । आवश्यक संघीय कानून बनाउनका लागि यो संघीय संसदबाट काम गर्न जरुरी छ ।’

नेता सिंहले पार्टीलाई अहिलेको अवस्था भन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताउनु भयो ।