२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई



अ+ अ-

भोजपुर । कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा सञ्चालित प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम सेटमा दमक र षडानन्दले १७–१७ अङ्क बनाएका थिए ।

बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए ।

विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टिमलाई संयुक्तरूपमा विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुवै पालिका विजयी भएपछि विजेताले रु एक लाख ५० हजार र उपविजेताले रु एक लाख पाउने भए पनि दुवै टिमलाई विजेता बनाइएपछि रु एक लाख २५ हजारका दरले नगदसहित मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । यस्तै प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले रु पाँच हजारका साथमा मेडल तथा प्रमाणपत्रसमेत पाएका छन् ।

विजेतालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सभासदस्य राजेन्द्रकुमार राईलगायतले पुस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा प्रदेशभित्रका दमक, षडानन्द, बेलवारी, भोजपुर नगरपालिका र रामप्रसाद राई, टेम्केमैयुङ, आमचोक, साल्पासिलिछो गाउँपालिकाका आठ टिमले सहभागिता जनाएका थिए । रासस




भर्खरै