२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्दाखेरि कुन दिशामा हुनुपर्छ तपाईको खुट्टा ?



अ+ अ-

एजेन्सी । सुत्नु हाम्रो दैनिक दिनचर्याको अभिन्न अंग हो । राम्रो निद्रा मानिसको राम्रो स्वास्थ्यको सूचक पनि मानिन्छ । वास्तुशास्त्रमा सुत्ने सही तरिकाको वर्णन गरिएको छ, जसलाई ध्यान दिएमा मानिसले धेरै प्रकारका समस्याबाट बच्न सक्छ ।

सुत्ने बेलामा मानिसको खुट्टा र टाउको कुन दिशामा हुनुपर्छ भनेर वास्तुशास्त्रमा बताइएको छ ।

वास्तुशास्त्रका अनुसार सुत्दा पूर्व दिशामा खुट्टा राख्नु हुँदैन । यसो गर्नु कत्ति पनि राम्रो मानिदैन । जसका कारण मानिसले विभिन्न प्रकारका स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । यसका साथै यस दिशामा देवताको बास हुने विश्वास पनि छ, त्यसैले शास्त्र अनुसार यस दिशामा खुट्टा राखेर सुत्नु उचित मानिने छैन ।

दक्षिण दिशालाई यमराजको दिशा मानिन्छ, त्यसैले यो दिशामा खुट्टा राखेर सुत्नु हुँदैन । यसो गर्दा यमराजको अप्रसन्नताको सामना गर्नु पर्नेछ । ज्योतिष शास्त्रका अनुसार यो दिशामा खुट्टा राखेर सुत्ने हो भने मंगल दोषको सामना गर्नुपर्ने हुन्छ ।

सुत्दा पश्चिम दिशामा खुट्टा राखेर सुत्नु पर्छ, किनकि यस समयमा तपाईको टाउको पूर्व दिशामा हुनेछ । यस दिशाबाट सूर्योदय हुन्छ, यस्तो अवस्थामा पूर्व दिशामा टाउको राखेर सुत्दा ज्ञान बढ्छ । यसका साथै उत्तर दिशामा खुट्टा राखेर सुत्नु पनि फाइदाजनक मानिन्छ ।

सुत्दा ध्यान दिनुहोस् कि तपाईको ओछ्यान कतै पनि टुटेको हुनुहुँदैन । ओछ्यान बाहेक कुर्सी वा सोफामा सुत्नु पनि उचित मानिदैन । सुत्नुअघि ओछ्यानमा बसेर खाना खानु पनि गलत मानिन्छ ।