२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाले गाजान शहरमा गरेको आक्रमणमा दर्जनौँ प्यालेस्टाइनी मारिए



अ+ अ-

एजेन्सी । इजरायली सेनाले दक्षिणी गाजान शहर रफाहमा गरेको आक्रमणमा २५ जनाको ज्यान गएको छ ।

साथै इजरायलले हाल पट्टीको आधाभन्दा बढी जनसंख्या ओगटेको शहरमा सैन्य कारबाही शुरु गर्ने चेतावनी दिएको छ । हालैका इजरायली आक्रमणहरूमा, रफाहको पश्चिमी क्षेत्रलाई निशाना बनाएपछि हमासका सुरक्षा बलका तीन सदस्यहरू मारिएका थिए ।

चकित्सा स्रोतहरूकाअनुसार इजरायली हवाई आक्रमणमा रफाहमा तीनवटा आवासीय घरहरूलाई निशाना बनाएर कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रवार सेनालाई रफाहमा भूमिगत कारबाहीका लागि योजना तयार गर्न निर्देशन दिएपछि रफाहमा तिब्र आक्रमण भएको हो ।

इजरायली सेनाले केही हप्ता अघि रफाह नजिकैको दक्षिणी शहर खान युनिसमा आफ्नो सबैभन्दा ठूलो र हिंस्रक आक्रमण शुरु गरेपछि रफाहमा भाग्ने बिस्थापितहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ ।