३० जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि



अ+ अ-

काठमाडौँ । अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टले जितेको छ ।

गएराति भएको फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले पराजित गर्दै आयोजक आईभोरी कोस्टले तेस्रोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो ।

आइभोरी कोस्टको ओलम्पिक स्टेडियम अफ एविम्पेमा भएको फाइनल खेलमा ३८ औं मिनेटमा विलियम ट्रुस्ट इकंगले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

६२ औं मिनेटमा फ्रांक केसेइले गोल गर्दै आइभोरी कोस्टलाई १–१ गोलको बराबरीमा ल्याए । ८१ औं मिनेटमा सेवास्टियन हालेरले गोल गर्दै आइभोरी कोस्टलाई २–१ गोलको जितसहित उपाधि दिलाए ।