२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राणघातक रोगबाट पीडित बिरामीलाई आर्थिक सहयोग गर्ने गण्डकी सरकारको निर्णय



अ+ अ-

ढोरपाटन । गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्वसहसचिव विदेन्द्रबहादुर हमाललाई नियुक्ति गर्ने निर्णय गरेको सुनाउनुभयो ।

उहाँले गोरखाको नासो गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरेको भन्दै समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना/कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता अर्यालले प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने तथा गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रदेशमा साझेदार फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । सर्वसिद्धी पञ्चकोटधामका संस्थापक अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा आगामी फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञ हुँदैछ । यस महायज्ञमा आवश्यक सहयोग र सहभागिताका लागि प्रदेश सरकारले अनुरोध पनि गरेको छ ।

आजको यस स्वास्थ्यमन्त्री सुशीला सिंखडाबाहेक अन्य मन्त्रीहरुको उपस्थिति थियो । पञ्चकोटमा बैठकका लागि आउनुभएका मुख्यमन्त्रीसहितका मन्त्रीहरुलाई स्वामी कमलनाचार्यले स्वागत गर्दै गण्डकीको जलले सेचन गरी माटोको टीका लगाइदिनुभएको थियो । त्यहाँ अवस्थित गण्डकी माताको दर्शन गराउँदै उहाँले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई देश र आफ्नो मातृभूमिको माटोको सेवा गर्न आग्रह गर्नुभएको थियो । सङ्घीय राजधानी पोखरा बाहिर गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक यो पहिलो पटक बसेको हो । रासस




भर्खरै