२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरन पेसा: खलोबाट ज्यालामा काम गर्न थालेपछि आर्थिक रुपमा सहज



file photo
अ+ अ-

त्रिवेणी । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ खर्चिवाङका शशिराम विश्वकर्मा उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँको दैनिकी प्राय: फलामसँगै खेलेर बित्ने गरेको छ । बिहान उठेदेखि साँझसम्म आरनमै काम गर्दा समय बितेको पत्तै हुँदैन । जब याम सुरु हुन्छ, त्यतिबेला झन कामको चाप हुने गरेको विश्वकर्मा सुनाउनुहुन्छ ।

“याम सुरु हुने भनेको गहुँ, जौ काट्ने बेला र मकै काट्ने समयमा आरनमा कामको निकै चाप पर्छ, त्यो समयमा एक्लै काम नभ्याइने भएकाले ज्याला दिएर काम गर्ने मान्छे राख्ने गरेको छु । अन्य समयमा भने मैले एक्लै काम गर्ने गरेको छु । त्यति चाप पर्दैन”,  विश्वकर्माले भन्नुभयो । विगत २५ वर्षदेखि निरन्तर आरन पेसामा आबद्ध रहेका उहाँले बताउनुभयो ।

“२२ वर्षको उमेर हुँदा आरन पेसा सुरु गरेको हँु, अहिले २५ वर्ष भयो निरन्तर यही पेसामा लागिरहेको छु । यो पेसा छोडेर देश बाहिर जान सकेन जति बाँच्छु यही पेसामै दुख गर्छु”, विश्वकर्माले भन्नुभयो । हाल आरनमा फलामबाट निर्माण हुने कुटो, कोदालो, हँसिया, खकुरीलगायत सामग्री निर्माण गर्ने गरेको उहाँले सुनाउनुभयो । “फलामबाट निर्माण गरिएका सामग्री हेरेर फरकफरक मूल्यमा बिक्री गर्ने गरेको छु, सामग्री बनाउने व्यक्तिले आफैँ फलाम लिनुभयो भने पनि सामग्री हेरेर फरकफरक ज्याला लिने गरेको छु । गाउँका करिब ४० घरपरिवारभन्दा बढी मेरो आरनमा कुटो, कोदोलो, हँसिया, खुकुरी, बञ्चरोलगायतका सामग्री निर्माण गर्न आउनुहुुन्छ ।”

सामग्री बनाएको पारिश्रमिक कति 

शशिरामले  फलामबाट  निर्माण गरेका सामग्रीको फरकफरक ज्याला  लिनुहुन्छ । त्यस्तै फलामबाट निर्माण गरिएका सामग्रीको रेत लगाउने (धारिलो बनाउने) गरेको पनि सामान हेरेर हँसियाको रु ७० देखि एक सय ५० सम्म र खुकुरीको रु दुई सय ५०, ठूलो बञ्चरोको सातसयसम्म ज्याला (पारिश्रमिक) लिने गर्नुहुन्छ ।

“सामग्री बनाउने व्यक्तिले आफैँ फलाम लिएर एउटा हँसिया बनाउनुभयो भने रु तीन सयदेखि चार सयसम्म लिने गरेको छु, फलाम मेरो प्रयोग भयो भने त्यसमा एक सयदेखि दुई सयसम्मा बढी रुपैयाँ पर्छ”, विश्वर्कमाले भन्नुभयो ।

घरघरै साम्रमी लिएर बिक्री 

केही व्यक्ति हँसिया, कुटो, कोदालो, खुकुरी, बञ्चरोलगायत सामग्री लिन आरनमै आए पनि धेरै सामग्री बिक्री गर्नको लािग गाउँगाउँमै जाने गरेको विश्वकर्माले बताउनुभयो । “सामग्री निर्माण गरिसकेपछि आरनमा धेरै भयो भने गाउँगाउँ जाने गरेको छु, बजारमा सस्तो मूल्यमा राख्न खोज्छन्, त्यसैले पनि गहँु, मकै काट्ने यामको समयमा घरघरै सामग्री पुर्‍याएर बिक्री गर्ने गरेको छु”, उहाँले भन्नुभयो ।

खर्चिवाङ, बेतखोला, गैरिनेटा, बादरपानी, भलाक्चासहित रोल्पा जिल्लाको परिर्वतन गाउँपालिकासम्म सामग्री बोकेर बिक्री गर्ने गरेको उहाँले सुनाउनुभयो ।

पहिले अन्न (खलो) मा अहिले ज्यालामा 

विसं २०५५ देखि आरन पेसा सुरु गर्नुभएका विश्वकर्माले एक दशकभन्दा बढी समय अन्न ९खलो०मा काम गरेको सुनाउनुभयो । “काम सुरु गरेको लामो सयमसम्म खलोमा काग गरेँ, उतिबेला खलोको चलन थियो, ज्याला भने कमै हुन्थ्यो, बाली उत्पादन हुने समय अर्थात् छ महिनाको अवधिमा जति सामग्री बनाए पनि ज्यालावापत सात, आठ पाथी अन्न ल्याउँथे, खलोमा दु:ख बढी पैसा कम हुने भएकाले खलोमा काम गर्न छोडेँ, अहिले सबैले सामान बनाउनुपर्‍यो भने ज्याला तिरेरै बनाउनुहुन्छ । यसबाट हामीलाई आर्थिकरुपमा पनि सहज भएको छ । दु:खअनुसारको कमाइ हुँदा सन्तुष्ट छौँ ।”

पेसाबाटै घर खर्चदेखि घर निर्माणसम्म 

आरन पेसाबाटै आफ्नो परिवारको खर्च जोहो गर्ने गरेको विश्वकर्माले बताउनुभायो । उहाँले घर खर्चमात्रै जोहो गर्नुभएको छैन, एक छोरा, तीन छोरीलाई पढाउनेदेखि आफू बस्ने घरसमेत यही पेसाबाटै निर्माण गरेको बताउनुभयो । “म अहिलेसम्म देश बाहिर कमाइको लागि गएको छैन, जति कमाइ गरेँ, यही आरन पेसाबाटै हो । छोराछोरीलाई पढाउन लेखाउनसमेत आरन पेसा मेरो लागि आर्थिक स्रोतको सारथी बनेको छ । परिवार घरकै काममा व्यस्त हुने भएकाले एक्लै आरन पेसा चलाएको छु । छोराले सामग्री निर्माणको गर्न सबै सीप सिके पनि यो यो पेसामा आबद्ध छैन । अरु नै काम गर्ने गरेको छु”, उहाँले भन्नुभयो ।

आम्दानी कति

आरन पेसाबाट आम्दानी पनि राम्रै हुने गरेको विश्वकर्मा बताउनुहुन्छ । यो पेसा छोडेर अन्यमा जानुपरेको छैन । दु:खअनुसारको कमाइ राम्रै छ । मासिक रु १५ देखि १८ हजार आम्दानी हुन्छ । वार्र्षिक डेढ लाखभन्दा बढी कमाइ हुने गरेको  उहाँले सुनाउनुभयो । पेसा सञ्चालन गरेदेखि कुनै अनुदान नपाएको गुनासो विश्वकर्माले गर्नुभयो । अनुदान पाएमा व्यावसायिकरुपमा आरन सञ्चालन गर्ने उहाँको योजना छ । आरनमा फलाम काट्ने यन्त्र, खोल्ने यन्त्र, पङ्खालगायत सामग्री आवश्यक रहेको उहाँले बताउनुभयो ।

आरन पेसालाई व्यवस्थित गर्न वडाबाट छैन कुनै कार्यक्रम 

आरन पेसा सञ्चालन गरिरहका व्यक्तिलाई वडा कार्यालयले कुनै अनुदानको कार्यक्रम नरहेको जनाएको छ । वडामा आठ घरधुरीले आरन पेसा जोगाई राखे पनि यो व्यवसायलाई थप व्यवस्थित बनाउन वडाबाट कुनै कार्यक्रम नगरेको वडा अध्यक्ष गोविन्द बुढाले जानकारी दिनुभयो । “आफ्नो तरिकाले आरन पेसा चलाइराख्नुभएको छ । त्यसलाई थप व्यवस्थित बनाउन यो आर्थिक वर्षमा कुनै बजेट छैन । आउँदो वर्ष आरन पेसालाई थप व्यवस्थित बनाउन वडाको तर्फकाट पहल गर्ने छौँ”, उहाँले भन्नुभयो । रासस




भर्खरै