३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रले नामिबियाविरुद्धको पहिलो खेल गुमाउने



अ+ अ-

काठमाडौँ । विश्वकप लिग–२ को बिहीबारबाट त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुँदैछ । जसअन्तर्गतको नामिबियाविरुद्धको पहिलो खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएका छन् । दीपेन्द्र अहिले आइएल टी–२० का लागि युएईमा छन् ।

दीपेन्द्र समिलित टोली गल्फ जायन्ट्सले बुधबार टी–२० को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी बुधबारको खेलमा टोलीसँग रहने भएकाले बिहीबारको पहिलो खेलमा नेपाली टोलीमा रहने छैनन् ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप खेल्दै छ । आइएल टी–२० मा दीपेन्द्रले विश्वस्तरीय खेलाडीहरुसँग खेल्ने अवसर पाएकाले टी–२० विश्वकपका लागि उनको अनुभव टोलीका लागि उपयोगि हुनेछ ।

नेपाली समयअनुसार आज राति ८ः१५ मा दीपेन्द्र सम्मिलित जायन्ट्सले एमआई इमिरेट्सको सामना गर्दैछ । आजको खेल जितेमा टोली सिधै फाइनल पुग्नेछ । आज हारेको अवस्थामा भने भोलि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग–२ अन्तर्गत बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । क्यानडासँगको तीन खेलको एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाललाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ ।