२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकलिनलाई ठग सुकेशले जेलबाटै धम्की दिइरहेका छन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले ठग सुकेश चन्द्रशेखरविरुद्ध दिल्लीका प्रहरी आयुक्त सञ्जय अरोरासमक्ष उजुरी दिएकी छन् । उनले जेलमा रहेका सुकेशमाथि दुर्व्यवहार र धम्की दिएको आरोप लगाएकी छन् ।

इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार ज्याकलिनले केही दिनअघि प्रहरी आयुक्त सञ्जय अरोरा र विशेष प्रहरी आयुक्तलाई मेल पठाएकी थिइन् । उक्त मेलमा उनले साक्षी संरक्षणमा प्रणालीको असफलताप्रति चिन्ता व्यक्त गरेकी छन् । उनी यस मुद्दाको साक्षी भए पनि आफूमाथि मनोवैज्ञानिक दबाब रहेको बताउँछिन् । उनीलाई धम्की पनि आइरहेको छ ।

उनले पत्रमा थप लेखेकी छन्– ‘म एक जिम्मेवार नागरिक हुँ । यति हुँदाहुँदै पनि मेरो भविष्य खतरामा पर्ने कुरामा फसेको छु ।’

ज्याकलिनले यस मेलसँग तीनवटा अखबारका लेखहरू पनि संलग्न गरेकी छिन्, जसमा सुकेशले लेखेको पत्रको तस्बिरहरू थिए । सुकेश ठग भएर जेलमा रहँदा पनि उनले जेलभित्रबाट सार्वजनिक रूपमा धम्की दिइरहेका छन् । ज्याकलिनलाई मानसिक यातना समेत दिईरहेको उनको आरोप छ ।

सुकेशले ज्याकलिनलाई धेरै पटक पत्र लेखेका छन् । उनले यी चिठ्ठीमार्फत सार्वजनिक रूपमा आफ्नो प्रेम व्यक्त गरेका छन् ।

को हुन् सुकेश र किन छन् जेल ?
सुकेश चन्द्रशेखर कर्नाटकको बेंगलुरुका निवासी हुन् । उनले १७ वर्षको उमेरदेखि नै भव्य जीवनशैली जिउन मानिसहरूलाई ठग्न थालेको बताइएको छ । बेंगलुरुमा ठगी गरेपछि उनले चेन्नई र अन्य सहरमा पनि मानिसहरूलाई लक्षित गरेका थिए । उनको निशानामा शीर्ष राजनीतिज्ञ, व्यवसायीदेखि बलिउड सेलिब्रेटीसम्म रहेका छन् ।

२००७ मा, एक वरिष्ठ सरकारी अधिकारीको रूपमा, उनले बेंगलुरु विकास प्राधिकरणमा कामको बदलामा १०० भन्दा बढी मानिसहरूलाई ठगेका थिए । यस मुद्दामा सुकेश पक्राउ पनि परेका थिए । उनी हाल मनी लान्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा छन् ।