३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई



अ+ अ-

काठमाडौँ । साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ । नेपाली टोली आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीलाई विदाई गरे।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गत सोमबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

आगामी फागुन ७ गतेबाट हुने च्याम्पियनसिपमा नेपाल रहेको समूह बीमा प्यालेस्टाइन, सिरिया र इराक छन् । समूह ए मा आयोजक साउदीसहित ग्वाम, लेबनान र जोर्डन छन् ।

नेपालले पहिलो खेल फागुन ८ गते सिरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, १० गते इराकसँग तथा समूह चरणको अन्तिम खेल फागुन १२ गते प्लोस्टाइनसँग खेल्ने तालिका छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।