२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा १ वर्षका उपलब्धिहरू सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानले १ वर्षका उपलब्धिहरू सार्वजनिक गरेको छ । पदाधिकारीहरु नियुक्त भएको एक बर्ष पुगेको अबसरमा १ बर्षका उपलब्धिहरु सार्वजनिक गरिएको हो ।

नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानको सभा हलमा नियुक्त भएको १ वर्षमा गरिएका गतिविधिहरूको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो । एक वर्ष अगाडी २०७९ साल फाल्गुन ४ गते प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव लगायत सदस्यहरूको नियुक्ति भएको थियो ।

सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले एक वर्षमा भएका कामहरूको बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् । साथै, १ वर्षमा भएका कामहरूलाई भिडियो प्रिजेन्टेसन मार्फत पनि देखाइएको थियो । सीमित बजेटको कारण सोचेजति कामहरू गर्न नसके पनि उपलब्ध बजेटबाट अधिकतम कामहरू गर्न सफल गरेको सदस्यसचिव महराको दाबी थियो ।

साथै, उपकुलपति शम्भु राईले सीमित आर्थिक श्रोत, साधनले गर्दा काम गर्न कठिनाइ रहेको बताएका छन् । साथै, परम्परागत तरिकालाई परिवर्तन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कुलपति निशा शर्माद्वारा १ वर्षमा गर्न खोजिएका कार्यक्रमका साथै आगामी वर्ष गर्ने खोजेका कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् । बजेट अभावको कारण खुम्चिनु परेको कुलपति शर्माको धारणा रहेको थियो ।




भर्खरै