२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ



अ+ अ-

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् ।

एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापन दुर्गा चापागाई पाण्डेयलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष गुरूङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुप्रिम सहकारीका संस्थापक अध्यक्ष एवम् संरक्षक गितेन्द्रबहादुर (जिबी) राई भने एक वर्षदेखि सम्पर्कविहीन छन् । उनलाई विभिन्न जिल्लाका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रूपैयाँ हिनामिनाको आरोप लाग्दै आएको छ ।

सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रूपैयाँ ऋण दिएको थियो ।