२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यशस्वीको करिअरमा तेस्रो शतक



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ टेष्ट सिरिजको तेस्रो खेल राजकोटमा जारी छ । निरञ्जन शाह रंगशालामा भएको पहिलो इनिङ्समा भारतले ४ सय ४५ रन बनाएको छ भने इंग्ल्याण्डले ३१९ रन बनाएको छ ।

अहिले तेस्रो दिनको तेस्रो सत्रको खेल चलिरहेको छ । भारतले आफ्नो दोस्रो इनिङ्समा एक विकेट गुमाएर १७१ रन बनाएको थियो । यशस्वी जैसवालले शतक प्रहार गरे । टोलीको अग्रता पनि तीन सय रनको नजिक पुगेको छ ।

रोहित शर्मा १९ रन बनाएर जो रुटको बलमा एलबीडब्लु भए । तेस्रो दिन इंग्ल्यान्डले २०७र२ रन बनाएर आफ्नो इनिङ्स अगाडि बढाएको थियो ।

यशस्वी जैसवालले मार्क वुडविरुद्ध कभरतर्फ चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे । उनले १२२ बलमा करियरको तेस्रो शतक बनाए । यसअघि यशस्वीले ८० बलमा छक्का लगाएर आफ्नो अर्धशतक पूरा गरेका थिए ।