२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे जोगाउन रहेछ: रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको आरोप लगाएका छन् ।

आईतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले सरकार आफ्ना र गठबन्धनका मान्छे जोगाउनको लागि मात्र रहेको भन्दै बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिए ।

लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको बताए । उनले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको आरोप लगाए । ‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भएपनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ । नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् ’,उनले भने ।

लामिछानेले रास्वपाले सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट गर्न चुनौती दिँदै अव अरू पार्टीका फाइल नखोल्न आग्रह गरे । साथ,ै उनले सरकारी आयोगले दोषी ठहर गरेका मन्त्रीलाई के गर्ने हो ? भनेर प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने बताए ।