२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकोट टेस्टमा यशस्वीको दोहोरो शतक, शृङ्खलाको दोस्रो



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ टेस्ट सिरिजको तेस्रो खेल राजकोटमा जारी छ । निरञ्जन शाह रंगशालामा भएको पहिलो इनिङ्समा भारतले ४ सय ४५ रन बनाएको थियो भने इंग्ल्याण्डले ३१९ रन बनाएको थियो । भारतको अग्रता ५०० रन नाघेको छ ।

अहिले चौथो दिनको दोस्रो सत्रको खेल चलिरहेको छ । भारतले आफ्नो दोस्रो इनिङ्समा ४ विकेट गुमाएर ४१२ रन बनाएको छ ।

यशस्वी जैसवाल र सर्फराज खान क्रिजमा छन् । यशस्वीले लगातार दोस्रो खेलमा १२ छक्का प्रहार गर्दै दोहोरो शतक बनाएका छन् । सर्फराजको अर्धशतक पनि पूरा भएको छ । जैसवाल २१४ रन र सरफराज ६८ रनसहित क्रिजमा छन् ।

शनिबार, यशस्वीले अविजित १०४ रन बनाएर रिटायर्ड भएका थिए । आज शुभमनपछि उनी फेरि ब्याटिङ गर्न आएका हुन् ।
यशस्वीले आफ्नो इनिङ्समा हालसम्म १२ छक्का प्रहार गरिसकेका छन् ।

योसँगै उनी टेस्ट इनिङ्समा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय खेलाडी बनेका छन् । यसअघि नवजोत सिंह सिद्धुले सन् १९९४ मा श्रीलंकाविरुद्ध ८ छक्का प्रहार गरेका थिए ।

एक पारीमा सबैभन्दा बढी छक्का प्रहार गर्ने विश्व कीर्तिमान पाकिस्तानका वसिम अक्रमको नाममा छ । उनले सन् १९९६ मा जिम्बावेविरुद्ध १२ छक्का प्रहार गरेका थिए ।