२४ असार २०८३, बुधबार
,
Latest
कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गरौं : प्रमुख आयुक्त



file
अ+ अ-

काठमाडौं । आज प्रजातन्त्र दिवस मात्र नभएर आठौं निर्वाचन दिवस पनि हो । २०१५ साल फागुन ७ गते नेपालमा पहिलो आम निर्वाचन भएको थियो । यही दिनको सम्झौतामा निर्वाचन दिवस मनाउने गरिन्छ ।

निर्वाचन आयोगले यस वर्ष “निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता” भन्ने मूलनाराका साथ आठौं निर्वाचन दिवस मनाउँदै छ । निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसले आम मतदाताहरूमा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापहरूमा सरिक हुन सदैव जागरूकता र प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ ।

प्रमु्ख आयुक्त थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै निर्वाचन आयोगले आफ्नो स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएको स्पष्ट पार्नुभएको छ ।

वर्तमान संविधान जारी भएपछि देशमा दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवम् राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार ४ सय जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। आवधिक निर्वाचनद्वारा वालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ ।

वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वःनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो छ। यस विषयमा राजनीतिक दल, आम मतदाता तथा सरोकारवालाहरूसँग निरन्तर सम्वाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।