२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधै निषेधित र समाप्त नहुने बताएका छन् ।

आज पार्टीद्वारा काठमाडौंमा आयोजित ‘त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको बार्षिकोत्सब’ को अबसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट ब्यबस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गरे । देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै बिश्वभर असफल भएको ब्यबस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अरबौ खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृती नष्ट गरेकोमा आपत्ति प्रकट गर्दै थापाले बिकृत मान्यता र दर्शन बोकेर देश बिकास हुन नसक्ने बताए। देश बैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पुर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

२०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिदै थापाले बिचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरि अगाडि बढ्नु पर्ने आबश्यकता समेत औल्याए । बैकल्पिक बिचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई संगठन केन्द्रित हुनु आग्रह गरे । कार्यक्रममा नेताहरु बिष्णु भट्टराई , राजाराम बर्तौला, माधब खत्री ,हिक्मतजङ्ग भण्डारी सुनिता कुरुङ्वाङ, श्याम घिमिरे लगायतले बोलेका थिए ।