२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारको सबैभन्दा धनी भिखारीः भिख मागेर करोडौंको सम्पत्ति, मुम्बईमा विलासी फ्ल्याट



अ+ अ-

एजेन्सी । भारतको सन्दर्भमा तपाईंले प्रायः भिखारीहरूलाई बस, रेल वा सडकको चोकमा भिख मागिरहेको देख्नु भएको होला । उनीहरुको गरिबी देखेर धेरैले उनीहरुलाई दया देखाएर भिक्षामा पैसा दिन्छन् तर तपाईलाई थाहा होला कि यी भिखारीहरु मध्ये धेरै यस्ता छन् जसको बैंक ब्यालेन्स तपाईको भन्दा धेरै छ ।

हो, तपाईंले सही पढ्नुभयो । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि विश्वको सबैभन्दा धनी भिखारी पनि भारतका हुन् । आज हामी तपाईलाई मुम्बईमा बस्ने करोडपति भिखारी भरत जैनको बारेमा बताउन गइरहेका छौँ ।

संसारमा धेरै मानिसहरु छन् जो भिख मागेर करोडपति बनेका छन् । यसमा पहिलो नाम आउँछ भरत जैनको । विश्वका सबैभन्दा धनी भिखारी भरत जैन मुम्बईको छत्रपति शिवाजी टर्मिनस र आजाद मैदानमा भिखारीको रूपमा काम गर्छन् । अचम्मको कुरा के छ भने उनको मुम्बई र पुणेमा करोडौंको घरसँगै धेरै पसल छन् । यति मात्र होइन, भरत जैनका छोराछोरी कन्भेन्ट स्कुलमा पढ्छन् ।

भरत जैन मुम्बईमा १.२० करोडको फ्ल्याटमा बस्छन् । यति मात्र होइन, उनले आफ्नो छुट्टै व्यवसाय पनि सुरु गरेका छन् । उनले हालसम्म भिख माग्दै करोडौंको सम्पत्ति जम्मा गरिसकेका छन् । घरपरिवारले पटक–पटक अस्वीकार गर्दा पनि उनले भिख माग्न छोडेका छैनन् ।

भरत जैनका श्रीमती, दुई छोरा, एक दाजु र बाबु छन् । भरत जैनले हरेक महिना भिख मागेर ७५ हजार रुपैयाँसम्म कमाउँछन् । औषत दैनिक आम्दानीको कुरा गर्ने हो भने २ हजार ५ सय रुपैयाँ वार्षिक आम्दानी ९ लाख रुपैयाँ छ । यस आधारमा हेर्ने हो भने भरत जैनले भिख मागेर कमाउने जति पैसा सामान्य मानिसले पनि कमाउन सक्दैनन् ।

भरत जैनको कुल सम्पत्ति ८.५० करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ । भिखबाट हुने आम्दानी बाहेक उनीहरुको व्यवसायबाट हुने आम्दानी पनि यसमा समावेश छ । भरत जैनको परेलमा २ बीएचके फ्ल्याट छ । थानेमा उनका दुई पसल पनि छन्, जहाँबाट उनले मासिक ५० हजार रुपैयाँसम्म भाडा कमाउँछन् । भरत जैनको ठूलो कमाईका कारण उनका छोराछोरीको जीवनशैली निकै राम्रो बनेको छ ।

भरत जैनको ठाणे पसलको मूल्य करोडौं रुपैयाँ रहेको बताइएको छ । यसबाहेक भरतको परिवारले स्टेशनरी पसल चलाउँछ । यसबाट पनि उनले हरेक महिना मनग्य आम्दानी गर्छन् । उनले अन्य घर भाडामा दिएका छन् ।