२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको टिप्पणी: नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री



अ+ अ-

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाउनुभएको छ ।

ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञा समेत दिनुभयो ।

पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले दुई जना मानिसको ज्यान समेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनैपनि हालतमा पदमा बसिरहन नमिल्ने बताउनु भयो । अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दोषी हो मन्त्री भनेर तोकिएको छ । सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो । मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो । तोकेर भनिएको छ । यस्तो सरकार छ कि । मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ । न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुति छ । नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री । यस्ता मन्त्रीहरुलाई, जस बनाएको आयोग, आफैँले बनाएको अयोगले दोषी करार गरेको छु, जुन दोषका कारणले मान्छेको ज्यान गएको छ । जसका कारण प्रहरीहरु कारबाहीमा परेका छन् । जुन दोषको कारणले त्यहाँ अप्रिय स्थिति सृजना भएको छ । मान्छेहरु घाइते भएका छन् । अनि त्यस्तो मन्त्री बसीरहन मिल्छ ? लोकतन्त्रको यस्तो मजाक उठाउन मिल्छ ? यो गठबन्धनले यही गरिराखेको छ । लोकलाज पनि छैन यो गठबन्धनलाई । यस्तो अवस्थामा हामी छौं ।’

ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल