२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङदेनको चेतावनी: राप्रपाका मागलाई उपेक्षा गरे बिद्रोहमा परिणत हुन्छ



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे बिद्रोहमा परिणत हुने चेतावनी दिनुभएको छ ।

बुधवार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेको बताउनु भयो । उहाँले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताउनु भयो । उहाँले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गर्नुभयो । उहाँले देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताउनु भयो । उहाँले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । उहाँले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताउनु भयो । उहाँले राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापन पत्र दिएका छौँ र औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेका छौँ । त्यसमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरेका छौँ । देशको स्थिति यो अवस्थामा पुग्यो की अब यो यहीँ रही राख्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब पछाडि फर्किनुपर्छ भनेको होइन । अब देश यहीँ पनि बसिरहन सक्दैन । अब नविन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्छ । सबैको स्थान होस्, सबैको सहभागिता होस् । देशले नयाँ बाटो लिओस् । अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ । धर्मान्तरणलाई निषेध गर्नुपर्छ ।’

‘अहिले जनप्रतिनिधिहरुको संख्या यति ठूलो रुपमा छ की देशको अर्थतन्त्रले त्यसलाई धान्नै सक्दैन । जनप्रतिनिधिहरुको संख्यामा व्यापक कटौति हुनुपर्छ । त्यसमा सबैभन्दा पहिला प्रदेश तह खारेज हुनुपर्छ । केन्द्र र बलियो स्थानीय तह बन्नुपर्छ । बैंक तथा वित्तीय संस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएका छाँै । बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ । प्रधानमन्त्रीले यसलाई सकारात्मक रुपमा लिनुभएको छ । ललितानिवास जग्गा प्रकरण, सुन काण्डको कुरा होस्, नक्कली भूटानी शरणार्थी प्रकरणको कुरा होस्, बाइडबडी लगायतका काण्डहरुको पुन: र पूर्ण छानबिनको कुरा उठाएका छाँै । हामीले यो आन्दोलनलाई सशक्त रुपमा लैजान्छौँ र सरकारले यसलाई मागको रुपमा मात्रै लियो भने र राप्रपका माग उपेक्षा गरियो भने त्यो कठोर बन्दै बिद्रोहसम्म जानसक्छ ।’

अध्यक्ष लिङदेनले ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, बाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुन: र पूर्ण छानबिन गर्न माग गरेको बताउनु भयो ।




भर्खरै