२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०८ कन्याबाट महायज्ञ शुभारम्भ, १५ दिनसम्म विभिन्न विषयमा सम्मेलन हुने



अ+ अ-

ढोरपाटन । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि सुरु भएको छ । पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यको आह्वानमा सुरु भएको यस महायज्ञको मुक्तिनाथदेखि नवलपारासीको त्रिवेणीधामसम्मका नौ वर्षीया एक सय आठ कन्याबाट आज महायज्ञको भएको हो । नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।

त्यसैगरी महायज्ञअन्तर्गत भोलि बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ । विश्वमा शान्तिको सन्देश दिने उद्देश्यसहित देश दर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको छ ।

महायज्ञस्थलमा ३१ फिट अग्लो धान्य मौलो राखिएको छ । मौलो २५ फिट जमिनमाथि रहने र त्यसलाई धानले पुर्ने महायज्ञको कार्यक्रम रहेको स्वामी कमलनयनाचार्यले बताउनुभयो । मौलो पुर्नका लागि आवश्यकपर्ने २१ हजार पाँच सय ५५ मुरी धान सङ्कल्पकर्ताहरुबाट सङ्कलन भएको र महायज्ञमा आफँै उपस्थित भएर अनुष्ठान गरी तथा विभिन्न माध्यमबाट नेपाली दाजुभाइ दिदीबहिनीहरुले सहयोग उपलब्ध गराइरहनुभएको पनि उहाँले जानकारी गराउनुभयो ।

आजैदेखि महायज्ञमा धनधान्याञ्चल सुरु भएको छ भने यहाँ ब्रह्माण्डका सबै देवीदेवतालाई आह्वान गरी यजन र पूजन गरिने र कार्यक्रम रहेको छ । त्यसैगरी यसै महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञहरुका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ ।

यसअन्तर्गत हरेक श्रीफल ९नरिवल० मा विभिन्न ५४ प्रकारका हवनीय द्रव्यहरुको मिश्रण गरी एक लाख नरिवल हवन गर्ने पनि कार्यक्रम रहेको छ । अनुष्ठानसहित हरेक दिन महायज्ञमा वैदिक पूजन जारी रहनेछ भने महायज्ञस्थलमै हरेक दिन फरकफरक विषयका बहस तथा सम्मेलन पनि जारी रहनेछ ।

जलसम्पदाको संरक्षण गर्ने विश्वव्यापी सन्देश दिनका लागि पञ्चकोटमा निर्माणाधीन कलश निर्माण यस महायज्ञका उद्देश्यमध्ये एक रहेको छ । विश्वमा सङ्कटपूर्ण बन्दै गएको जलसम्पदाको संरक्षणको सन्देश पनि हामीले नेपालबाटै दिन सकिने उद्देश्य लिइएको र यस महायज्ञमा राष्ट्रिय बहसका कार्यक्रमलाई अघि सारिएको उहाँले बताउनुभयो ।

पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्रीसहित राष्ट्रियरुपमा विभिन्न व्यक्तित्वहरुको उपस्थिति हुने जानकारी दिनुभयो । उहाँले महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जानकारी पनि दिनुभयो ।

महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र बासको व्यवस्था गरिएको छ । यसका लागि विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले स्वतःस्फूर्तरुपमा सहयोग गर्नेक्रम जारी रहेको महायज्ञका आयोजकले जनाएका छन् । रासस