२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली



अ+ अ-

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन् ।

विदेशी पर्यटकले आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइरहेका छन् । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा होली मनाइरहेका छन् ।

ठमेल पर्यटन विकास परिषद्ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रमसहित होली पर्व मनाइएको परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्ता सांस्कृतिक पर्वमा विदेशी पर्यटकलाई सहभागी गराएर मनाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुनुका साथै हाम्रा धार्मिक तथा सांस्कृतिक विशेषता विश्व समुदायसम्म पु¥याउन मद्दत पुग्ने बताउनुभयो ।

“हरेक सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ । हाम्रा सांस्कृतिक कार्यक्रमलाई सरकारले ‘क्यालेण्डर’ बनाएर विश्वभर पर्यटन प्रवर्द्धन गर्नुपर्छ । यति गर्नसकेमा मुलुकमा १२ महिना पर्यटकको सिजन हुनेछ”, उहाँले भन्नुभयो ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा आउने गरेका परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिनुभयो । परिषद्ले अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, सगरमाथा दिवस, विश्व पर्यटन दिवस, होलीलगायत पर्व तथा दिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी विदेशी पर्यटकलाई मनोरञ्जन दिँदै आएको उहाँले बताउनुभयो ।

ठमेल पर्यटन विकास परिषद्अन्तर्गत हाल ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी र दुई हजारको हाराहारीमा घरधनी रहेका छन् । रासस




भर्खरै