२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला दुई सय रूपैयाँले बढेर एक लाख २६ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १५ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।