२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुष्का शर्मा मात्र होइन, यी बलिउड सुन्दरीहरूले पनि क्रिकेटरसँग विवाह गरे



अ+ अ-

एजेन्सी । बलिउड नायिकाहरुको कलाकारसँग अफेयर वा विवाह हुनु सामान्य कुरा हो ।

करीना कपूर, काजोल, कियारा आडवाणी र कृति खरबन्डा जस्ता धेरै सुन्दरीहरूले फिल्म स्टारसँग विवाह गरेका छन् । तर यस्ता अभिनेत्रीहरु पनि छन् जसले क्रिकेटरसँग विवाह गरेका छन् ।

१. अनुष्का शर्मा – विराट कोहली


अनुष्का शर्माले विराट कोहलीसँग विवाह गरिन् । यी जोडीले वर्षौंसम्म एकअर्कालाई डेट गरे र त्यसपछि ११ डिसेम्बर २०१७ मा इटालीमा विवाह गरे । अहिले अनुष्का र विराट दुई सन्तान वामिका र अकायका अभिभावक हुन् ।

२. आथिया शेट्टी – केएल राहुल


सुनील शेट्टीकी छोरी तथा अभिनेत्री आथिया शेट्टी पनि एक भारतीय क्रिकेटरसँग प्रेममा परिन् । आथियाले २०२३ मा केएल राहुलसँग विवाह गरिन् ।

३. गीता बसरा – हरभजन सिंह

गीता बसराले सन् २०१५ मा भारतीय क्रिकेटर हरभजन सिंहसँग विवाह गरेकी थिइन् । यो जोडीले जालंधरको गुरुद्वारामा विवाह गरेका हुन् । आज यो जोडी आफ्ना दुई सन्तानसहित सुखी दाम्पत्य जीवन बिताइरहेका छन् ।

४. हेजल कीच – युवराज सिंह

अभिनेत्री हेजल कीचले ३० नोभेम्बर २०१६ मा युवराज सिंहसँग विवाह गरेकी थिइन् । यो जोडीले सिख रितीरिवाज अनुसार विवाह गरेका हुन् । हेजल र युवराज आफ्ना दुई सन्तानसँग सुखी दाम्पत्य जीवन बिताइरहेका छन् ।

५. सना जावेद – शोएब मलिक


पाकिस्तानी अभिनेत्री सना जावेदले दोस्रो विवाह गरेकी छन् । यसपटक अभिनेत्रीले क्रिकेटर शोएब मलिकलाई आफ्नो जीवनसाथी रोजेकी छिन् । सनाले १८ जनवरीमा शोएबसँग विवाह गरेकी थिइन् ।

५. शर्मिला टैगोर – मन्सुर अली खान


कुनै समय फिल्म इन्डस्ट्रीकी टप अभिनेत्री रहेकी शर्मिला टैगोर पनि क्रिकेटर मन्सुर अली खान पटौदीको प्रेममा परेकी थिइन् । धेरै वर्ष एकअर्कालाई डेट गरेपछि दुवैले सन् १९६८ मा विवाह गरेका थिए ।

६. सागरिका घाटगे – जहीर खान


सागरिका घाटगेले २३ नोभेम्बर २०१७ मा क्रिकेटर जहीर खानसँग विवाह गरिन् । दुवैको विवाह निकै सरल थियो ।

७. नताशा स्टान्कोभिक – हार्दिक पाण्ड्या


सर्बियाली मोडल तथा अभिनेत्री नताशा स्टान्कोभिकले पनि भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डरलाई आफ्नो पार्टनरका रूपमा रोजेकी छन् । अभिनेत्रीले ३१ मे २०२० मा हार्दिक पाण्ड्यासँग विवाह गरेकी थिइन् । उनको एउटा छोरा पनि छ ।