२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज



फाईल फोटो
अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको  प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिनुभयो । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध  छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।

श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ । रासस




भर्खरै