२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाप्रति ओलीको टिप्पणी: चित्रकलाको प्रतिष्पर्धात्मा आएकाहरुको क्यान्भास खालि छ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विचार नभएको पार्टीका रुपमा चित्रण गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताउनुभएको हो । उहाँले विचारमा कुनै नयाँपन नरहेको बरु आफ्नो पार्टी नेकपा एमालेले गरेका कामहरु चोरी गर्ने काममा लागेको बताउनु भयो । उहाँले चित्रकलाको प्रतिष्पर्धालाई उदाहरण बनाउँदै उहाँले नयाँ भनिएकाहरु प्रतिष्पर्धामा आएको तर क्यान्भास खालि रहेको बताउनु भयो ।

उहाँले नयाँ पार्टीहरुलाई आफ्नो चित्र (विचार) माग्दा पुरानाहरु छोडिदिन र नयाँ चित्र बनाउँछौ मात्रै भन्ने गरेको तर चित्र के बनाउने भन्ने नै अनविज्ञ रहेको बताउनु भयो । अध्यक्ष ओलीले नयाँ पार्टीका प्रतिवद्धताहरु पनि उस्तै रहेको बताउनु भयो । पुराना पार्टीहरुको विचार हेरेर नयाँ कोर्ने प्रयास गरिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ पार्टी विचारले नयाँ छैन । विचारमा केही पनि छैन । चित्रकलाको प्रतिष्पर्धात्मक चित्रकलामा प्रतिष्पर्धा गर्न उनीहरु आएका छन् । क्यान्भास खालि छ । खोई त तिमीहरुको चित्र भन्दा यि पुराना चित्रहरुको कुरा छोडिदिऔँ, हामीले नयाँ चित्र बनाउँछौँ । के बनाउँछन् ? थाहा छैन, नयाँ चित्र बनाउँछौँ, क्यान्भास खालि छ । उनीहरुका प्रतिवद्धताहरु त्यस्तै हुन् । यि सबैका यि थोत्रा चित्रहरु भन्दा, यि पुराना चित्रकारहरु भन्दा, यिनीहरुको चित्र शैली भन्दा नयाँ हुनेछ । के हुन्छ त ? बाबुनानी हो ? त्यो त बनाएपछि हेर्नुहोला पछि । अहिले हामीलाई भोट दिनुस् । हामी यि पुराना जस्तो होइन, क्यान्भास यत्तिकै खालि राखेको होइन । हामीले नजानेर होइन, नबनाएको हो । भनिदिनलाई त, गुलिया, मिठा, उल्टापाल्टा कुराहरु गर्दछन्, केही पनि छैन, क्यान्भासमा । नयाँहरु हाम्रो चित्रहरु हेरेर रङ कसरी प्रयोग गरिन्छ, रङ संयोजना कसरी हुन्छ, हेर्न खोज्दैछन् । हामी सोध्छौँ, चित्र कस्तो लागिरहेको छ, चित्र ठिक छैन, तर उनीहरु चित्र हेरिरहेको हुन्छन्, कसरी बनाउने, कसरी कोर्ने, त्यही सिक्न खोजेका छन्, तर हाउभाउ बिगार्छन् ।’

उहाँले नेपाली काँग्रेसलाई थोत्रो पार्टीको रुपमा चित्रण गर्नुभयो । —न्युज एजेन्सी नेपाल