२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल



अ+ अ-

एजेन्सी । यशराज प्रोडक्सनको आगामी  ‘स्पाइ युनिभर्स’ फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा देखिने भएकी छिन् ।

यस फिल्ममा बबी देओल खलनायकको भूमिकामा रहने बताईएको छ । यो अनटाइटल्ड फिल्ममा आलिया र बबी बाहेक शर्वरी वाघ पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।

फिल्मसँग सम्बन्धित स्रोतका अनुसार ‘एनिमल’को सफलतापछि बबीलाई थप खलनायकको भूमिका अफर भइरहेको छ । यो फिल्ममा पनि उनी आलिया र शर्वरीसँग भिड्दैछन् । बबीले फिल्मसँग सम्बन्धित कागजी काम पूरा गरिसकेका छन् र यो वर्षको दोस्रो हाफमा यो फिल्मको छायांकन सुरु गर्ने भारतीय सञ्चारमाध्यमले लेखेको छ ।

यो फिल्ममा बबी विशेष लुक्समा देखिने छन् । उनी यसअघि कहिल्यै यस लुकमा देखिएका थिएनन् । फिल्म मार्फत आलिया र बबीले पनि पहिलो पटक फिल्ममा सँगै काम गर्दैछन् ।

गत वर्ष डिसेम्बरमा रिलिज भएको रणवीर कपूरको फिल्म ‘एनिमल’ मा बबी खलनायकको भूमिकामा देखिएका थिए । यस फिल्मका अलावा उनी साउथ सुपरस्टार सूर्याको आगामी फिल्म ‘कंगुवा’ मा पनि खलनायकको भूमिकामा छन् । ‘एनिमल’ हिट भएदेखि नै बबीलाई भिलेनको अफरले भरिएको छ ।

यो ‘स्पाइ युनिभर्स’लाई शिव रवैलले निर्देशन गर्नेछन् जसले यसअघि यशराजका लागि ‘द रेलवे म्यान’ निर्देशन गरिसकेका छन्। शिव रवैल आदित्य चोपडाका सहायक निर्देशक समेत रहेका छन् ।

यशराज प्रोडक्सनले सलमान खान स्टारर फिल्म ‘एक था टाइगर’ को सुरुवात गरेको थियो । यस्तै, ‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ जस्ता फिल्महरू पनि बनाएको  छ ।




भर्खरै