२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिलाहरु आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले महिलालाई आर्थिक रुपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तिकरण हुन नसक्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले महिला उद्यमीहरुलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन पनि सक्दैन । आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिलो आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो । यही वास्तविकतालाई आत्मसाथ गरेर महिला उद्यमी महासंघले महिलालाई उद्यममार्पmत आत्मनिर्भर बनाउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको छ । सात वटै प्रदेशका ६१ वटा जिल्ला ओगटेको यो महासंघमा ५२ सय भन्दा बढी महिला उद्यमी हुनु आफैँमा खुशी र गर्वको कुरा पनि हो । महासंघको यो विशाल सञ्जाललाई सदुपयोग गर्दै उद्यममार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार छ । आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन । मैले राजनीतिक नेतृत्वमार्फत महिला सशक्तिकरणका लागि सबै क्षेत्रमा महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नको निम्ति निकै ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु । र राजनीतिक रुपमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारसम्म पनि महिलाहरुको राम्रो उपस्थिति हुन गएको छ । तर जबसम्म आर्थिक रुपले सबल, आर्थिक रुपले सम्पन्न बनाउन सकिँदैन, साँचो अर्थमा महिला सशक्तिकरण पनि हुन सक्दैन । राजनीति एक्लैले महिलालाई सम्पूर्ण रुपले आर्थिक सबलीकरण गर्न पनि सक्दैन । महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई मैले सकारात्मक रुपमा लिएको छु । महासंघका अध्यक्ष शोभा ज्ञवालीजीले विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकियो भन्नेकुरा राख्नुभएको छ, मेरो ध्यानाकर्षण भएको छ, त्यसलाई फेरि जोडिनेछ भन्ने विश्वास म दिलाउन चाहन्छु । महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुटदेखि केके सुविधा उपलब्ध गराउन सकिन्छ, मैले सोच विचार गरेर पहल लिने विश्वास पनि दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

तस्बिरः प्रदिप राज वन्त