२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने



अ+ अ-

एजेन्सी । तपाईंले हेर्नुभएको सबैभन्दा लामो चलचित्र कुन होला याद गर्नुहोस् ? सामान्यतया फिल्म डेढ देखि तीन घण्टामा समाप्त हुन्छ ।

तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि ८५ घण्टाको हलिउड फिल्म बन्यो । सन् १९८७ मा रिलिज भएको ‘द क्युर फर इन्सोम्निया’ फिल्म जुन चलिरहेको समयका कारण गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश भयो । यो जोन हेनरी टिमिस चौंथोद्वारा निर्देशित थियो ।

फिल्म ‘द क्युर फर इन्सोम्निया’ शिकागोमा ३१ जनवरी १९८७ मा रिलिज भएको थियो । फिल्मको रनिङ टाइम यति लामो थियो कि लगातार चल्दा पनि तीन दिन १३ घण्टामा अर्थात फेब्रुअरी ३ मा सकियो ।

सबैभन्दा रोचक कुरा त यो फिल्ममा कुनै पनि खालको कथा छैन । वास्तवमा, कवि एन्डी ग्रोबनले आफ्नो ५ हजार पृष्ठको कविता सुनाउँछन् । यसका साथै फिल्ममा हेभी मेटल म्युजिकका साथै केही ठाउँमा पोर्नोग्राफी दृश्य पनि समावेश गरिएको छ ।

यसको नामले देखाउँछ, यो फिल्म अनिद्राको समस्याको सामना गरिरहेका मानिसहरूका लागि बनाइएको हो । यो चलचित्र घरमा हेर्नको लागि डीभीडी वा अन्य ढाँचाहरूमा रिलीज गरिएको थिएन । यही कारणले गर्दा फिल्मको धेरैजसो प्रतिलिपिहरू उपलब्ध छैनन् ।