२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा १ हजार रन र १०० विकेट लिने अलराउण्डरमा क्यारेबियन खेलाडीको दबदबा



अ+ अ-

एजेन्सी । आन्द्रे रसेलले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आफ्नो १०० औं आईपीएल विकेट लिए । योसँगै आन्द्रे रसेलले आईपीएलमा १००० रन र १०० विकेट लिने खेलाडीको विशेष सूचीमा स्थान बनाएका छन् ।

तर के तपाईलाई थाहा छ यो सूचीमा क्यारेबियन खेलाडीहरुको वर्चस्व छ । आइपिएलमा एक हजार रन र १०० विकेट लिने खेलाडीको विशेष सूचीमा वेस्ट इन्डिजका तीन खेलाडी परेका छन् । यो सूचीमा पहिलो नाम वेस्ट इन्डिजका पूर्व अलराउन्डर डीजे ब्राभोको छ ।

डीजे ब्राभोले आईपीएलबाट सन्यास लिएका छन् । तर १८३ विकेटबाहेक यी दिग्गजको नाममा १६५० रन छन् । मुम्बई इन्डियन्स बाहेक डीजे ब्राभोले चेन्नई सुपर किंग्स र गुजरात लायन्सबाट खेलेका थिए । यो सूचिमा भारतीय अलराउन्डर रविन्द्र जडेजाको नाम पनि परेको छ ।

रविन्द्र जडेजाको नाममा २७२४ रन छ भने आईपीएल खेलमा १५२ विकेट छन् । अहिलेसम्म राजस्थान रोयल्स बाहेक, रविन्द्र जडेजा चेन्नई सुपर किंग्स र गुजरात लायन्सको हिस्सा रहेका छन् ।

यसपछि भारतीय अलराउन्डर अक्षर पटेलले आईपीएल खेलमा कम्तीमा १०० विकेट र १ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । अक्षर पटेलले अहिलेसम्म आईपीएल खेलमा ११३ विकेटबाहेक १४५४ रन बनाएका छन् । मुम्बई इन्डियन्स बाहेक अक्षर पटेल दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सको एक हिस्सा रहेका छन् ।

योसँगै कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारायणले १६५ विकेट लिएर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । तर, अब यो सूचीमा आन्द्रे रसेलको नाम थपिएको छ । यसरी आन्द्रे रसेलसहित ५ खेलाडीले आईपीएल खेलमा १ हजार रन र १०० विकेट लिने कीर्तिमान हासिल गरेका छन् ।