२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ: शेखर कोईराला



file photo
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गर्नुभएको छ ।

अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उहाँले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताउनुभएको हो । नेपाली काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई थियो ।

शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राख्नु भयो । राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताउनु भयो । उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राख्नुभयो । नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश भनौ वा नेपाली काँग्रेस भनौं कठिन परिस्थितिमा छ । देशको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक कुनै पनि कुरा ठिक ठाउँबाट हिँडिरहेको छैन । हामीहरुले गठबन्धन गर्‍यौ, निर्वाचनमा गयौ । लार्जेष्ट पार्टी भयौं । खुशी भयौ । तर तपाईहरुमध्ये कतिजना चितवन जानु भएको छ । मलाई थाहा छैन । त्यहाँ गएर सोध्नुस, त्यहाँ गएर बुझनुस । नेपाली काँग्रेसको एउटा कार्यकर्ता पनि गठबन्धनको विरोधमा छ । एउटा कार्यकर्ता पनि सर्पोटमा छैन । हामीले आफूले उम्मेदवार दिनुपर्ने मेयरको टिकट हामीहरुले अर्को पार्टीलाइै दियौं । तर हामी खुशी के मा भयौं भने हामी लार्जेष्ट पार्टी भयौ भनेर । संगठन कमजोर भईराखेको छ भन्ने कुरा यस चोटीको केन्द्र र प्रदेशको निर्वाचनले देखायो । साँढे ७ पर्सेन्ट समानुपातिकको सिट हाम्रो घटेको छ । यति कम सिट नेपाली काँग्रेसको २०१५ सालको इलेक्शनदेखि आजसम्म कहिल्यै भएको थिएन । त्यसकारण पनि हामीहरु गठबन्धनमा जानुहुँदैन । जाँदैनौं । अबदेखि हामी एक्लै चुनाव लड्छौं भन्ने प्रण हामी गर्छौं । ढुक्क हुनुहोस–नेपाली काँग्रेस अब एक्लै चुनाव लड्छ । प्रचण्डजीले नेपाली काँग्रेसलाई दोष दिनुभयो । र दोष दिएर के भन्नु भयो भने–कोशी प्रदेशमा हाम्रो उम्मेदवारलाई हराउनु भयो तपाईहरुले । कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईहरुले रोक्नु भयो भनेर दोष दिनु भयो । इन्डारेक्टली त्यो दोष मलाई नै थियो । मैले नै रोकेको हो कोशीमा । सभापतिजी लगायत पदाधिकारीजीहरु प्रधानमन्त्रीजी कहाँ गएर नेपाली काँग्रेसको आफूले भनेको व्यक्ति हुन्छ भने ठिक होइन भने तपाईहरुको उम्मेदवार बनाउनुस मुख्यमन्त्री भन्ने थियो । त्यो मलाई स्विकार्य हुने नै भएन ।

उहाँले भन्नुभयो, नेपाली काँग्रेसका लडाकु हामीहरु कुनै पनि हालतमा कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा म थिइन । सिटै छैन । ३२ सिट केन्द्रमा छ । ९० सिट हामीहरुको छ । अनि माओवादीलाई दिँदै जाने । पुलपुलाउँदै जाने ? चितवनको घटना म कोशी प्रदेशमा हुन दिन्न भनेर हामीहरुले संविधानको धारालाई टेकेर नेपाली काँग्रेसको आज मुख्यमन्त्री बनेको छ । गरेको मैले हो । नेपाली काँग्रेसलाई बचाउनका लागि मैले गरेको हो । मलाई आफूलाई केही पनि चाहिएको होइन । मैले सभापतिजीलाई पटकपटक गएर भने–जुन व्यक्तिको नाम लिईरहनु भएको छ । उहाँ दुई दुई पटक असफल भईसक्नुभयो । तपाई नेपाली काँग्रेसको कुनैपनि सांसदलाई उम्मेदवार बनाउनुस । म मान्न तयार छु । तर ऊ आफैं बन्दिन भन्दै हुनुहुन्छ । मुख्यमन्त्री माओवादीलाई बनाउन भन्ने आँट मलाई चाँही प्रचण्डजीसँग भन्न आउँदैन । भन्न सक्ने कुरा पनि हुँदैन । प्रचण्डजीले दोस्रो हामीहरुलाई चार्ज लगाउनु भयो । महासमिति बैठकमा नेपाली काँग्रेसको प्रतिवेदन हो । लाग्छ–त्यो माओवादीले लेखिदेओस् भन्न ठान्नुभएको होला । हामीले भन्यौं । म त जनयुद्ध भन्दिन । सशष्त्र द्वन्द्व असमायिक थियो भनेर उपसभापतिको प्रतिवेदनमा छ । त्यसको विरोध गर्नु भयो । र, महामन्त्रीको प्रतिवेदनमा २०८४ को चुनाव हामी एक्लै लडछांै भनेर भन्ने नेपाली काँग्रेसको प्रतिवेदन प्रचण्डजीले लेख्ने हो भने कस्तो नेपाली काँग्रेस हामीले बनाउन खोजेको हो ? उहाँ किन जानुभयो, के यही कारणहरु हो ? भन्ने प्रश्न मेरो मनमा उठिराखेको छ । मलाई लाग्दैन यी कारणले छोडेर उहाँले एमालेसँग जानु भएको भन्ने मलाई लाग्दैन । हुनसक्छ–भूराजनीतिक परिस्थितिले गरेको हुनसक्छ । हुनसक्छ सत्य निरुपण तथा मेलमिलापमा नेपाली काँग्रेस लचिलो छ । एमाले अफ्ठ्यारोभएको छ । र, त्यो टिआरसी विधेयक भन्छौं हामी । त्यो पास भएन भने म त अपm्ठयारोमा पर्छु भन्ने लागेको हुन सक्छ उहाँलाई । अनि के गर्नु भयो भने एमाले सित त कुरा गर्नुभयो । नेपाली काँग्रेसले मानिहाल्छ भनि ठान्नुभयो । तर आज यही मञ्चबाट म भन्न चाहन्छु–नेपाली काँग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । नेपाली काँग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईटस जुन संघ, संस्था छ । त्यसको मिनिमम क्राईटेरियालाई हामीहरुले लिएर मात्रै अगाडि बढ्छौं । र, तेस्रो छ–पीडितमैत्री टिआरसी बन्नुपर्छ भन्ने नेपाली काँग्रेसको मान्यता छ । यी कुराहरु भएन भने जतिसुकै संसदबाट पास भएर ऐन आयो भने पनि त्यो ऐन लागू हुन सक्दैन भन्ने कुरा पनि तपाईहरुको माझमा राख्न चाहन्छु । सर्वोच्च अदालतले आजभन्दा ३ वर्ष पहिले निर्णय गरेको छ । त्यो निर्देशन हामीले पालना गर्ने कि नगर्ने ? अव जघन्य अपराध र अपराधलाई एउटै क्याटोगरिमा राख्न थाल्यो भने कसरी अगाडि बढछ ? हो यो विषयहरुलाई माओवादीले मिलाउन खोजेको मलाईचाँही आभास भईराखेको छ । हामी अहिले विपक्षमा छौं । विपक्षको भूमिका हामी निर्वाह गर्छौ । सत्ता पक्षले राम्रो काम ल्याएको छ भने सर्पोट गर्छौं नत्र विपक्षको भूमिका हाम्रो छँदैछ । एउटा प्रश्न मेरो मनमा उब्जिरहेको छ । तपाईहरु सबै यहाँ बौद्धिक समाजका मानिसहरु हुनुहुन्छ । के ६/६ महिनामा, एक एक वर्षमा गठबन्धनहरु टुटने, भत्किने, फेरी बन्ने गर्न थाल्यो भने देशको विकास हामीहरुले कहिले गर्ने ? केन्द्रमा हुने भयोभयो । अव सात वटै प्रदेशमा हुँदैछ । भोली यही प्रदेश वागमती प्रदेशबाट शुरु हुन्छ । सातै वटै प्रदेशमा हुन्छ । फेरी अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिना पछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौं । हामी कोशिस गरिराखेका हुन्छौ सत्तामा जानका लागि । त्यो स्वभाविक हो । यसरी देश अगाडि बढन सक्दैन । हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ । त के गर्ने, कसरी जाने ? निर्वाचन प्रणालीलाई सुधार गरेर जान सकिन्छ कि सकिदैन ? सुधार गर्दाखेरी समानुपातिक समावेशी संविधानको मूल सिद्धान्तमा पर्छ । त्यसलाई हामीले कसरी लिएर अगाडि जाने ? मेरो विचारमा त समानुपातिक समावेशी जुन चरित्र छ । त्यसलाई पनि हामीहरुले स्विकारेर उनीहरुलाई अपर हाउसमा लगेर लोअर हाउसलाई प्रत्यक्ष निर्वाचित गरेर अगाढि बढ्नसक्छौं । यसरी जाँदा कुनै पनि दलको बहुमत आउँछ । देशलाई स्थिरता दिने बाटोमा हामीले सोच्नुपर्ने आवश्यक्ता मैले देखेको छु । नेशन फस्र्ट भनेर हामीले सोचेनौ भने काम छैन ।’

नेता कोईरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली काँग्रेसले साथ दिने स्पष्ट पार्नुभयो । मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उहाँको धारणा थियो । —न्युज एजेन्सी नेपाल




भर्खरै