२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाविद् बुध्दिनारायणलाई दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार



अ+ अ-

काठमाडौँ: दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले यस बर्षको “दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार वरिष्ठ सीमाविद्  बुध्दिनारायण श्रेष्ठलाई अर्पण गरिने भएको छ ।

यही चैत्र १६ गते काठमाडौँमा बरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा बसेको स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

स्मृतिकेन्द्रले इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवा लगायतका विविध विषयहरूमा राष्ट्रियस्तरमा योगदान दिएका विद्वान् विदुषीलाई २०६३ साल देखी प्रत्येक वर्ष पुरस्कार समर्पण गर्दै आएको छ । यस वर्ष नेपालको सीमा र सुरक्षा जस्तो अति नै संबेदनशील विषयमा गहन अनि महत्त्वपूर्ण योगदान पुऱ्याउनु भएका प्रतिष्ठित विद्वान् बरिष्ठ सीमाविद् बुध्दिनारायण श्रेष्ठलाई ५०,०००( पचास हजार) राशीको उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

केन्द्रले यही चैत्र महिनाभित्र एउटा कार्यक्रम गरी सम्मान अर्पण गरिने केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी, साहित्यकार पुण्यरश्मि खतिवडा, डा. मोदनाथ प्रश्रित, विदुषी रमा शर्मा, प्राज्ञ विष्णु प्रभात लगायतका विद्वान् विदुषीहरूलाई पुरस्कृत गरिसकेको छ।

स्व. दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, संस्कृत, धर्मशास्त्र र समाजशास्त्र आदि विषयहरूका ज्ञाता हुनुहुन्थ्यो भने स्व. नन्द कुमारी उहाँकी धर्म पत्नी हुनुहुन्थ्यो।




भर्खरै