२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४२.६३१ बिलियन अमेरिकी डलर पुग्यो



अ+ अ-

एजेन्सी । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर ६४२.६३१ बिलियन डलर पुगेको छ ।

देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी गरिएको तथ्याङ्कमा यसबारेमा उल्लेख गरिएको छ । यो लगातार पाँचौं हप्तामा पनि बढेको हो ।

गत सातामा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब डलर रहेको थियो । आरबीआईको साप्ताहिक तथ्याङ्कले सुनको सञ्चिति ३४७ मिलियन डलरले बढेर ५१ अर्ब ४८७ अर्ब डलर पुगेको जनाएको छ भने विदेशी मुद्रा सञ्चितिको प्रमुख घटक विदेशी मुद्रा सम्पती १२३ मिलियन डलरले घटेर ५६८.२६४ अर्ब डलर पुगेको आरबीआईको साप्ताहिक तथ्यांकले देखाएको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य ८३.३१ र ८३.४० को बीचमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।