२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितलाई आउट गरेपछि मुम्बईका फ्यानले चेन्नईका समर्थकको टाउको फुटाए, उपचारका क्रममा मृत्यु



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को उत्साह जारी छ । फ्यानहरु यसमा पागल छन् । तर यो कसैको लागि यतिसम्म घातक साबित हुनेछ भनेर कसैले सोचेको थिएन । आईपीएलका कारण चेन्नई सुपर किंग्सका एक फ्यानले ज्यान गुमाए ।

घटना महाराष्ट्रको कोल्हापुरको हो । यहाँ मुम्बई इन्डियन्सका फ्यानले सीएसकेका फ्यानको टाउको फुटाएका छन् । वृद्ध फ्यानको अवस्था यति गम्भीर बन्यो कि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उनको उपचारको क्रममा मृत्यु भयो ।

गत बुधबार आईपीएलको ८ औं खेल सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्स बीच खेलिएको थियो । यस खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै २७७ रन बनाएको थियो । जवाफमा मुम्बईको टोलीले २४६ रन मात्रै बनाउन सकेको थियो ।

यस इनिङ्समा रोहित शर्मा २६ रन बनाएर आउट भए । रोहितको आउट भएपछि बन्दोपन्त बाप्सो तिबिले (उमेर ६३ वर्ष)नामका व्यक्तिले मुम्बईका फ्यानहरूलाई जितको बारेमा प्रश्न गरे । यो देखेर उनी रिसाए र बृद्धको टाउकोमा लठ्ठीले प्रहार गरे । वृद्ध फ्यान गम्भीर घाइते भए ।

बन्दोपन्त कोल्हापुरका बासिन्दा थिए । आक्रमणकारीलाई कोल्हापुरको करवीर प्रहरीले पक्राउ गरेको छ । मुम्बईका फ्यान बलवंत महादेव ५० वर्षका भइसकेका छन् । अर्का फ्यान सागर सदाशिवको उमेर ३५ वर्ष रहेको बताइएको छ ।

दुवै जना अहिले प्रहरी हिरासतमा छन् । यसअघि पनि दुई टोलीका फ्यानबीच पटकपटक झडप भइसकेको छ । तर यो विषय निकै घातक साबित भयो ।

उक्त खेलमा हैदरावादले मुम्बईलाई ३१ रनले पराजित गर्यो । टोलीले आक्रामक ब्याटिङ गर्दै २७७ रन बनाएको थियो । जवाफमा हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईले २४६ रन मात्रै बनाउन सकेको थियो । रोहितले १२ बलमा २६ रन बनाएका थिए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।