२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा १७ दशमलव ३० अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ ।

निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक आज घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ६५, व्यापार एक दशमलव ७४, लघुवित्त एक दशमलव २० र विकास बैंक एक दशमलव ०९ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ६२, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् शून्य दशमलव ०८, लगानी शून्य दशमलव ७९, जीवन बीमा शून्य दशमलव ९९, म्युचुअल फन्ड शून्य दशमलव ७३ र अन्य समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । गरिमा डिभेञ्चर २०८५ को मूल्य आठ दशमलव ०८ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९९ प्रतिशतले गिरावट देखिएको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको रु २८ करोड ६८ लाख ९३ हजार तीन सय ३१ बराबरको दुई लाख ९० हजार एक सय ३६ कित्ता शेयर किनबेच भएको छ ।




भर्खरै