२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानखेडेमा मुम्बईको टप अर्डरको अवस्था दयनीय, हार्दिकको सेनाको नाममा नचाहेको कीर्तिमान बन्यो



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को १४ औं खेलमा मुम्बई इन्डियन्सको शीर्ष क्रम नराम्ररी असफल भयो ।

राजस्थान रोयल्सका बलरहरूले मुम्बईका ब्याट्सम्यानको ‘ब्यान्ड बजाए’ र पहिलो ओभरदेखि नै उनीहरूलाई निकै समस्यामा पारे । टस हारेर ब्याटिङ गरेको मुम्बईले रोहित शर्माको रुपमा पहिलो विकेट गुमाएको थियो । रोहित गोल्डेन डकको सिकार समेत बने ।

रोहित र नमन धीरलाई लगातार दुई बलमा आउट गर्दै ट्रेन्ट बोल्डले पहिलो ओभरमै टोलीलाई ध्वस्त पारे । त्यसपछि तेस्रो ओभरमा उनले ट्रिस्टन स्टब्सलाई खाता नखोल्दै प्याभिलियन पठाए ।

मुम्बईले १४ रनको स्कोरमा तीन विकेट गुमाएको थियो । यस खेलमा शीर्ष ४ मध्ये तीन खेलाडी खाता नखोली नै प्याभिलियन फर्किएका थिए । यो आईपीएल इतिहासमा छैटौं पटक देखियो ।

बोल्टले सर्ट थर्ड म्यानमा ट्रिस्टन स्टब्सलाई क्याच आउट गरेका थिए । २० रनको स्कोरमा मुम्बईले आफ्नो चौथो विकेट गुमाएको थियो । आईपीएल इतिहासमा पहिलो ४ विकेट गुमाएपछि मुम्बई इन्डियन्सको यो दोस्रो सबैभन्दा कम स्कोर हो ।

पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले ९ विकेट गुमाएर १२५ रन बनाएको थियो । रोहित, नमन र ब्रेभिस खाता नखोलेर प्याभिलियन फर्किए । तिलक वर्मा ३२ रन बनाएर प्याभिलियन फर्किए । हार्दिकको ब्याटबाट ३४ रन निस्कियो ।

जवाफमा १२६ रनको लक्ष्य पछ्याएको राजस्थानले रियान परागको अविजित ५४ रनको इनिङ्समा ६ विकेटले जित हात पार्यो ।